२०८३ साउन १२ मंगलबार

झापाका पाँच भूमिहीन सुकुम्वासी परिवारले पाए लालपुर्जा

ई आर्थिक    सोमबार, असार २९ २०८३
494
Shares
झापाका पाँच भूमिहीन सुकुम्वासी परिवारले पाए लालपुर्जा

काठमाडौं । भूमि समस्या समाधान आयोगले झापाका पाँच जग्गाविहीन सुकुम्वासी परिवारलाई लालपुर्जा वितरण गरेको छ।

आयोगका अध्यक्ष बलभद्र बास्तोलाका अनुसार झापाको बुद्धशान्ति गाउँपालिका–४ का जग्गाविहीन घरपरिवारलाई जग्गाधनी प्रमाणपूर्जा हस्तान्तरण गरिएको हो।

सरकारले भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने उद्देश्यसहित देशभर लालपुर्जा वितरण अभियान सञ्चालन गरिरहेको छ। गत १८ असारमा बर्दियाबाट सुरु गरिएको अभियानअन्तर्गत बढैयाताल गाउँपालिका–४ का २९ भूमिहीन दलित तथा सुकुम्वासी परिवारलाई पहिलो चरणमा जग्गाधनी प्रमाणपूर्जा वितरण गरिएको थियो।

सरकारले वास्तविक भूमिहीन नागरिकलाई कानुनी रूपमा जग्गाको स्वामित्व प्रदान गर्ने लक्ष्यसहित अभियानलाई देशभर विस्तार गर्ने जनाएको छ। भूमि समस्या समाधान आयोगले स्थानीय तहसँगको समन्वयमा भूमिहीन तथा सुकुम्वासी परिवारको पहिचान गरी लालपुर्जा वितरणको काम अघि बढाइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij