२०८३ असोज २ शुक्रबार

खजुरामा हुलाकी सडकको वैकल्पिक मार्ग निर्माण, ‘धुलोरहित गाउँ’ निर्माण तथा ‘डुबानमुक्त गाउँ’ बनाउने लक्ष्य

ई आर्थिक    आइतबार, असार २८ २०८३
1.7K
Shares
खजुरामा हुलाकी सडकको वैकल्पिक मार्ग निर्माण, ‘धुलोरहित गाउँ’ निर्माण तथा ‘डुबानमुक्त गाउँ’ बनाउने लक्ष्य

बाँके ।  खजुरा गाउँपालिकाले नेपालगञ्ज-गुलरिया हुलाकी सडकको वैकल्पिक मार्गका रूपमा धवलागिरि गाउँ हुँदै बीगाउँ जोड्ने सडक निर्माण गरेको छ।

गाउँपालिका अध्यक्ष डम्बरबहादुर विकका अनुसार खजुरा बजार क्षेत्रमा पर्ने मुख्य सडकको वैकल्पिक मार्गका रूपमा खजुरा गाउँपालिका-३ स्थित आदर्श मावि, धवलागिरि गाउँ हुँदै बीगाउँ जोड्ने सडक निर्माण गरिएको हो।

अब हुलाकी सडकअन्तर्गत खजुरा बजार वा पेडारी नाला क्षेत्रमा कुनै अवरोध आए पनि अब आदर्श मावि, धवलागिरि गाउँ हुँदै बीगाउँ जोड्ने सडक प्रयोग गरी नेपालगञ्ज-गुलरिया सहज रूपमा आवतजावत गर्न सकिने भएको छ।

प्रदेश सरकारको ६ करोड १० लाख ९० हजार २ सय ८६ रुपैयाँको लागतमा पुल निर्माण सम्पन्न भएपछि खजुरा बजार क्षेत्रको मुख्य सडकको वैकल्पिक मार्गका यो सडक निर्माण भएको हो।

खजुरा गाउँपालिकाका आठवटै वडाका गाउँहरूलाई कालोपत्रे सडक सञ्जालले जोड्ने, प्रत्येक टोलमा कालोपत्रे सडक विस्तार गरी ‘धुलोरहित गाउँ’ निर्माण गर्ने तथा ढल र नालाको निर्माण तथा स्तरोन्नति गरी उचित पानी निकासको व्यवस्था गर्दै ‘डुबानमुक्त गाउँ’ बनाउने लक्ष्यसहित गाउँपालिकाले काम गरिरहेको छ। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij