काठमाडौं । नेपाली कांग्रेसका नेता पू्र्ण बहादुर खड्का मूहसँग आबद्ध काठमाडौंमा उपलब्ध नेताहरूको छलफल जारी रहेको छ। उक्त समूहले काठमाडौंको महाराजगञ्जस्थित चुनदेवीमा छुट्टै कार्यालय स्थापना गरी त्यहीँ बैठक सञ्चालन गरिरहेको छ।
आजको छलफल मुख्य रूपमा राष्ट्रिय भेला बोलाउने कि कहिले बोलाउने भन्ने विषयमा केन्द्रित रहेको सहभागी नेताहरूले बताएका छन्। नेताहरूका अनुसार संगठनात्मक गतिविधि र आगामी रणनीति तय गर्न भेला बोलाउने विषयमा विस्तृत छलफल भइरहेको छ।
काठमाडौंमा भइरहेको यो बैठकलाई समूहभित्रको आगामी राजनीतिक कदम निर्धारण गर्ने महत्वपूर्ण छलफलका रूपमा हेरिएको छ।
