२०८३ भाद्र २७ शनिबार

बेलौरी उद्योग वाणिज्य संघको अध्यक्षमा प्रकाशराज पन्त सर्वसम्मत निर्वाचित

ई आर्थिक    आइतबार, असार २१ २०८३
1.5K
Shares
बेलौरी उद्योग वाणिज्य संघको अध्यक्षमा प्रकाशराज पन्त सर्वसम्मत निर्वाचित

कञ्चनपुर। बेलौरी उद्योग वाणिज्य संघको अध्यक्षमा प्रकाशराज पन्त सर्वसम्मत निर्वाचित भएका छन्। शनिबार सम्पन्न संघको पाँचौँ वार्षिक साधारण सभाले पन्तको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।

नवनिर्वाचित अध्यक्ष पन्तले व्यवसायीहरूको हकहितको संरक्षण, निजी क्षेत्रको प्रवर्द्धन तथा बेलौरीको आर्थिक, सामाजिक र व्यावसायिक विकासमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।

नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा महेन्द्रसिंह बुढाल, उद्योग उपाध्यक्षमा राजबहादुर चन्द, वाणिज्य उपाध्यक्षमा वसन्त पुन मगर, महासचिवमा रामेश्वर न्यौपाने, सचिवमा रिता चौधरी तथा कोषाध्यक्षमा रघुवीर भण्डारी सर्वसम्मत चयन भएका छन्।

यस्तै, सदस्यहरूमा कैलाससिंह विष्ट, वासुदेव भट्ट, यमबहादुर कडेल, विष्णुमाया कडेल, दिनेश बखरिया चौधरी, तारासिंह विष्ट, यलोना श्रेष्ठ र अशोक चौधरी चयन भएका छन्।

बेलौरी उद्योग वाणिज्य संघको सभाहलमा आयोजित साधारण सभाको अध्यक्षता निवर्तमान अध्यक्ष हिरासिंह विष्टले गरेका थिए। कार्यक्रममा उद्योग वाणिज्य संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष पुष्पराज कुँवर प्रमुख अतिथि रहेका थिए।

कार्यक्रममा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर ओझा, कञ्चनपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दीपेन्द्रप्रकाश साउँद, बेलौरी नगरपालिका–४ का वडाध्यक्ष अर्जुन ढकाल, संघका पूर्वअध्यक्षहरू टेकबहादुर साउद, आत्मराम दाहाल, धनेशदत्त पन्त र लक्ष्मीनारायण चौधरीसहित उद्योगी, व्यवसायी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

साधारण सभामा संघका कोषाध्यक्ष महेन्द्रसिंह बुढालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij