२०८३ साउन १२ मंगलबार

एनआईसी एशिया बैंकद्वारा पर्वतको जननेत्र माविलाई शैक्षिक सामग्री सहयोग

ई आर्थिक    आइतबार, असार १४ २०८३
779
Shares
एनआईसी एशिया बैंकद्वारा पर्वतको जननेत्र माविलाई शैक्षिक सामग्री सहयोग

काठमाडौं ।  एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पर्वत जिल्लाको मोदी गाउँपालिका, देउपुरस्थित श्री जननेत्र माध्यमिक विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरेको छ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको पठनपाठन र खेलकुद गतिविधिलाई थप सहज बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यले बैंकले उक्त सहयोग उपलब्ध गराएको हो।

हाल १ सय ९१ भन्दा बढी विद्यार्थीहरू अध्ययनरत रहेको उक्त विद्यालयमा गत असार १२ गते आयोजित एक विशेष कार्यक्रमका बीच सामग्रीहरू हस्तान्तरण गरिएको थियो। बैंकका चिफ मार्केटिङ अफिसर दिपेन्द्र शर्मा र पोखरा सर्कल हेड श्वेता शेरचनले संयुक्त रूपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र शर्मा तथा प्रधानाध्यापक दिपक शर्मालाई सो सामग्रीहरू हस्तान्तरण गरे।

सहयोग स्वरूप बैंकले विद्यार्थीहरूका लागि स्कूल झोला, पेन्सिल, कपी, पेनसहितका शैक्षिक सामग्री र फुटबल, भलिबल, भलिबल नेट, ब्याडमिन्टन, स्किपिङ, सट पुट बल एवं जेवलिन थ्रो लगायतका विभिन्न खेलकुदका सामानहरू प्रदान गरेको छ। उक्त सामग्री हस्तान्तरण कार्यक्रममा विद्यालयका शिक्षक, शिक्षिकाहरू, विद्यार्थीहरू र बैंकका स्थानीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

बैंकले उपलब्ध गराएको यस सहयोगले विद्यार्थीहरूको दैनिक पठनपाठन र शारीरिक विकासका लागि खेलकुद गतिविधिमा सहजता ल्याउने र विद्यालयको समग्र शैक्षिक वातावरणलाई थप मजबुत बनाउन मद्दत पुग्ने विश्वास बैंकले लिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij