२०८३ साउन ११ सोमबार

सवारी दुर्घटनामा स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज राना मगरको निधन

ई आर्थिक    आइतबार, असार १४ २०८३
684
Shares
सवारी दुर्घटनामा स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज राना मगरको निधन

प्युठान ।  प्युठानमा एक दुःखद सवारी दुर्घटनामा स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज राना मगरको ज्यान गएको छ। शनिबार साँझ नगरपालिकाको सरकारी जिप आफैंले चलाइरहेका बेला दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको हो।

प्राप्त जानकारीअनुसार उपप्रमुख राना मगर विकास निर्माणका विभिन्न योजनाको अनुगमन गरेर फर्किरहेका थिए। स्वर्गद्वारी नगरपालिका–२ स्थित बाङ्गेसल्ला क्षेत्रमा पुगेका बेला जिप अनियन्त्रित भई सडकबाट सयौं मिटर तल खसेको बताइएको छ। दुर्घटनाको समयमा गाडीमा उनी एक्लै सवार रहेको जनाइएको छ।

स्थानीयले दुर्घटनाग्रस्त जिप देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा पुगेको प्रहरी टोलीले जिपले च्यापिएको अवस्थामा राना मगरलाई फेला पारेको थियो। गम्भीर दुर्घटनाका कारण उनको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ।

राना मगर स्थानीय तह निर्वाचनबाट स्वर्गद्वारी नगरपालिकाको उपप्रमुखमा निर्वाचित भएका थिए। उनको आकस्मिक निधनले नगरपालिकासहित समग्र जिल्लामा शोकको वातावरण सिर्जना भएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij