२०८३ भाद्र २८ आइतबार

सुनको मूल्यमा गिरावट, चाँदीको भाउ भने बढ्यो

ई आर्थिक    सोमबार, जेष्ठ २५ २०८३
1K
Shares
सुनको मूल्यमा गिरावट, चाँदीको भाउ भने बढ्यो

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला ९ सय रुपैयाँले घटेर २ लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात् आइतबार सुनको मूल्य प्रतितोला ३ लाख ८ सय रुपैयाँ कायम भएको थियो।

यस्तै, चाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ। महासंघका अनुसार चाँदी प्रतितोला १० रुपैयाँले बढेर ४ हजार ९०५ रुपैयाँ पुगेको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य उतारचढावको प्रभावका कारण नेपाली बजारमा पनि सुनचाँदीको मूल्य दैनिक रूपमा परिवर्तन हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij