२०८३ साउन १० आइतबार

नेविसङ्घ अध्यक्षमा करूणा कटुवाल मनोनित, महाधिवेशन सम्पन्न गर्न ११ बुँदे कार्यादेश

ई आर्थिक    मंगलबार, जेष्ठ १९ २०८३
1.8K
Shares
नेविसङ्घ अध्यक्षमा करूणा कटुवाल मनोनित, महाधिवेशन सम्पन्न गर्न ११ बुँदे कार्यादेश

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसङ्घ) को अध्यक्षमा करूणा कटुवाल मनोनित हुनुभएको छ।

नेपाली कांग्रेसका सभापति गगन थापाले सोमबार धनकुटाकी कटुवाललाई नेविसङ्घको अध्यक्ष पदको जिम्मेवारी प्रदान गर्नुभएको हो।

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको २०८३ वैशाख २१ गते बसेको बैठकको निर्णयअनुसार सभापति थापाले पार्टी विधान, २०१७ (संशोधनसहित) को धारा ४२ (१) (च) बमोजिम स्वतः विघटन भएको नेविसङ्घको अध्यक्षमा कटुवाललाई मनोनयन गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

नवनियुक्त अध्यक्ष कटुवाललाई निर्धारित समयभित्र नेविसङ्घको महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी दिइएको छ। साथै, महाधिवेशनको तयारी तथा संगठन सुदृढीकरणका लागि ११ बुँदे कार्यादेश र कार्यविवरणसमेत प्रदान गरिएको कांग्रेसले जनाएको छ।

कटुवालको नियुक्तिसँगै नेविसङ्घको संगठनात्मक गतिविधिलाई थप सक्रिय बनाउने र समयमै महाधिवेशन सम्पन्न गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij