२०८३ साउन ११ सोमबार

राष्ट्र बैंकको सूचना अधिकारीमा सुधा श्रेष्ठ नियुक्त

ई आर्थिक    सोमबार, जेष्ठ १८ २०८३
1.3K
Shares
राष्ट्र बैंकको सूचना अधिकारीमा सुधा श्रेष्ठ नियुक्त

काठमाडौं। नेपाल राष्ट्र बैंक ले सूचना अधिकारीमा सुधा श्रेष्ठ लाई नियुक्त गरेको छ।

राष्ट्र बैंकले जारी गरेको जानकारीअनुसार गभर्नरको कार्यालयमा कामु निर्देशकका रूपमा कार्यरत श्रेष्ठलाई सहप्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी प्रदान गरिएको हो।

वि.सं. २०६४ सालदेखि नेपाल राष्ट्र बैंकमा कार्यरत श्रेष्ठले बैंकका विभिन्न शाखा तथा विभागमा काम गर्दै अनुभव हासिल गरेकी छन्। बैंकिङ तथा प्रशासनिक क्षेत्रमा उनको लामो अनुभव रहेको बताइएको छ।

नयाँ जिम्मेवारीसँगै श्रेष्ठले राष्ट्र बैंकको सूचना प्रवाह, सञ्चार व्यवस्थापन तथा सार्वजनिक सरोकारका विषयमा सूचना उपलब्ध गराउने कार्यको नेतृत्व गर्नेछिन्।

राष्ट्र बैंकले उनको नियुक्तिले संस्थागत सञ्चारलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij