२०८३ भाद्र २७ शनिबार

बागमती प्रदेशसभाको बैठक आज बस्दै, नीति तथा कार्यक्रममाथि दफावार छलफल हुने

ई आर्थिक    सोमबार, जेष्ठ १८ २०८३
2.6K
Shares
बागमती प्रदेशसभाको बैठक आज बस्दै, नीति तथा कार्यक्रममाथि दफावार छलफल हुने

हेटौँडा ।  बागमती प्रदेशसभाको बैठक आज बस्दैछ। प्रदेशसभा सचिवालयका अनुसार बैठक दिउँसो १ बजे प्रदेशसभा भवन, हेटौँडामा आह्वान गरिएको छ।

बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममाथि दफावार छलफल हुने कार्यसूची रहेको सचिवालयले जनाएको छ।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले गत जेठ १२ गते प्रदेशसभाको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। उक्त नीति तथा कार्यक्रममाथि प्रदेशसभा सदस्यहरूले आफ्ना धारणा राख्दै आएका छन्।

आजको बैठकमा नीति तथा कार्यक्रमका विभिन्न विषयमा दफावार छलफल गरी सदस्यहरूले सुझाव तथा संशोधन प्रस्ताव प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि आर्थिक विकास, पूर्वाधार निर्माण, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य तथा रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम ल्याएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij