काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २ हजार ८०० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि प्रतितोला २ लाख ९० हजार ९०० रुपैयाँ कायम गरिएको छ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार प्रतितोला ५ हजार ११५ रुपैयाँमा कारोबार भएको चाँदी आज १०५ रुपैयाँले घटेर प्रतितोला ५ हजार १० रुपैयाँमा निर्धारण गरिएको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य परिवर्तनको प्रभाव नेपाली बजारमा पनि परेको व्यवसायीहरू बताउँछन्।