२०८३ साउन ९ शनिबार

६ निर्जीवन बीमा कम्पनीलाई नेपाल बीमा प्राधिकरणको कारबाही

ई आर्थिक    शुक्रबार, जेष्ठ ८ २०८३
1.6K
Shares
६ निर्जीवन बीमा कम्पनीलाई नेपाल बीमा प्राधिकरणको कारबाही

जनही २ लाख जरिवाना

काठमाडौं ।  नेपाल बीमा प्राधिकरण ले ६ वटा निर्जीवन बीमा कम्पनीलाई नियामकीय मापदण्ड उल्लंघन गरेको भन्दै कारबाही गरेको छ। प्राधिकरणको जेठ ३ गते बसेको बैठकले उक्त निर्णय गरेको हो।

कारबाहीमा पर्ने कम्पनीहरूमा हिमालयन एभरेष्ट इन्स्योरेन्स, नेको इन्स्योरेन्स, सानिमा जिआइसी इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, युनाइटेड अजोड इन्स्योरेन्स र प्रभु इन्स्योरेन्स रहेका छन्।

प्राधिकरणका अनुसार बीमालेख जारी गर्ने क्रममा अनियमितता भएको तथा निर्धारित मापदण्डभन्दा कम दरमा बीमा लेख जारी गरिएको पाइएपछि ती कम्पनीलाई जनही २ लाख रुपैयाँ जरिवाना गरिएको हो।

फास्ट ट्र्याक सम्बन्धी पीआईमा तोकिएको मापदण्ड विपरीत काम गर्नुका साथै स्वेच्छाचारी रूपमा बीमालेख रद्द गरेको आरोपमा प्राधिकरणले उक्त कारबाही गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij