२०८३ साउन १२ मंगलबार

एमाले सचिवालयको निर्णय : पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने

ई आर्थिक    सोमबार, जेष्ठ ४ २०८३
1.5K
Shares
एमाले सचिवालयको निर्णय : पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने

फाइल तस्विर

काठमाडौँ । नेकपा (एमाले) को सचिवालय बैठकले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी लाई पार्टी सदस्यता दिने निर्णय गरेको छ।

सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओली को अध्यक्षतामा गुण्डुस्थित निजी निवासमा बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको एमाले उपमहासचिव लेखराज भट्ट ले जानकारी दिए।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै भट्टले “आजको बैठकको मुख्य निर्णय पूर्व राष्ट्रपतिलाई सदस्यता दिने विषय रहेको” बताए। उनले एमाले सचिवालयको अर्को बैठक जेठ ८ गते बिहान साढे ११ बजे गुण्डुमा बस्ने जानकारी पनि दिए।

बैठकमा महासचिव शङ्कर पोखरेल ले विभिन्न १० वटा एजेन्डा प्रस्तुत गरेका थिए। प्रस्तुत एजेन्डामा पदाधिकारीहरूको वरियता निर्धारण सम्बन्धी प्रस्ताव, आम निर्वाचन २०८२ पछि गठित सरकारका कामकारबाहीको समीक्षा, सदस्यता नवीकरण तथा विस्तार, पदाधिकारी र सदस्यहरूको कार्यविभाजन लगायतका विषय समेटिएका छन्।

त्यसैगरी संविधान संशोधन सुझाव कार्यदल गठन, निर्वाचन समीक्षा प्रतिवेदन कार्यदल, पार्टी कार्यालय भवन निर्माण, केन्द्रीय कार्यालय व्यवस्थापन तथा नीति अध्ययन एवं अनुसन्धान प्रतिष्ठानको निर्देशक समिति गठन सम्बन्धी विषय पनि बैठकमा प्रस्तुत गरिएको थियो।

एमालेले यी विषयमा आगामी सचिवालय बैठकमा विस्तृत छलफल गरेर आवश्यक निर्णय गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij