२०८३ साउन १२ मंगलबार

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

ई आर्थिक    सोमबार, जेष्ठ ४ २०८३
1.7K
Shares
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी वीरगंज महानगरपालिका-११ बस्ने ४५ वर्षीय प्रमोद कुमार ठाकुरलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत पर्साको फैसलाले उक्त मुद्दामा १ महिना कैद सजाय र ९ लाख २६ हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत पर्सामा पेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij