काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बजारमा आज आइतबार सुनचाँदी दुवैको मूल्य घटेको हो ।
आज सुनको मूल्य प्रतितोला ४ हजार ५ सय रुपैयाँले घटेको हो। शुक्रबार प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ९४ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी महासंघले जनाएको छ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार प्रतितोला ५ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ सय ३० रुपैयाँले घटेर ५ हजार ६० रुपैयाँ कायम भएको छ।
अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेको व्यवसायीहरूले बताएका छन्।