२०८३ साउन ९ शनिबार

जीवन बीमा कम्पनीहरूको नाफा ५.५५ प्रतिशतले घट्यो, जम्मा नाफा ४ अर्ब ५९ करोड २० लाख रुपैयाँ

ई आर्थिक    शुक्रबार, जेष्ठ १ २०८३
1.7K
Shares
जीवन बीमा कम्पनीहरूको नाफा ५.५५ प्रतिशतले घट्यो, जम्मा नाफा ४ अर्ब ५९ करोड २० लाख रुपैयाँ

काठमाडौं । जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक विवरणअनुसार अधिकांश कम्पनीहरूले नाफा वृद्धि कायम राखे पनि बजारको ठूलो हिस्सा ओगट्ने केही प्रमुख कम्पनीहरूको आम्दानी घट्दा समग्र जीवन बीमा क्षेत्रको नाफा संकुचित भएको देखिएको छ।

१४ वटा जीवन बीमा कम्पनीहरूको संयुक्त नाफा समीक्षा अवधिसम्म ४ अर्ब ५९ करोड २० लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो नाफा ४ अर्ब ८६ करोड १७ लाख रुपैयाँ रहेको थियो। यस आधारमा जीवन बीमा उद्योगको समग्र नाफा ५.५५ प्रतिशतले घटेको देखिएको हो।

चुक्ता पुँजीको आधारमा Nepal Life InsuranceHimalayan Life Insurance अग्रस्थानमा रहेका छन्। त्यस्तै, रिटेन्ड अर्निङको आधारमा Life Insurance Corporation NepalMetLife Nepal अगाडि देखिएका छन्।

व्यवसायको आकारका हिसाबले भने नेपाल लाइफ नै अग्रस्थानमा रहेको छ। कम्पनीले तेस्रो त्रैमाससम्म ३६ अर्ब ७० करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ।

जीवन बीमा कोषको आधारमा पनि नेपाल लाइफ शीर्ष स्थानमा रहेको छ। कम्पनीको बीमा कोषमा २ खर्ब ६५ अर्ब रुपैयाँ सञ्चिति रहेको छ। दोस्रो स्थानमा एलआईसी नेपालको १ खर्ब ४३ अर्ब रुपैयाँ सञ्चिति रहेको छ भने National Life Insurance को बीमा कोषमा १ खर्ब रुपैयाँ सञ्चिति रहेको छ।

मुनाफाको आधारमा भने Reliable Nepal Life Insurance सबैभन्दा बलियो देखिएको छ। कम्पनीले समीक्षा अवधिसम्म ४७ करोड रुपैयाँभन्दा बढी नाफा कमाएको जनाएको छ।

त्यस्तै, प्रतिशेयर आम्दानी (इपीएस) का आधारमा पनि रिलायबल नेपाल लाइफ अग्रस्थानमा रहेको छ। कम्पनीको इपीएस समीक्षा अवधिसम्म १२ रुपैयाँ ७ पैसा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij