२०८३ भाद्र २७ शनिबार

बीमालेख धितो कर्जा २.३४ प्रतिशतले बढ्यो, नेपाल लाइफको सबैभन्दा बढी

ई आर्थिक    शुक्रबार, जेष्ठ १ २०८३
1.3K
Shares
बीमालेख धितो कर्जा २.३४ प्रतिशतले बढ्यो, नेपाल लाइफको सबैभन्दा बढी

काठमाडौं । जीवन बीमालेख बीमितका लागि महत्वपूर्ण वित्तीय साधनका रूपमा स्थापित हुँदै गएको छ। बीमालेख धितो राखेर बीमितले सहज रूपमा जीवन बीमा कम्पनीबाट कर्जा लिन सक्ने व्यवस्था रहेकाले पछिल्लो समय यस्तो कर्जाप्रति आकर्षण बढ्दो देखिएको छ।

जीवन बीमा कम्पनीहरूले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (साउन–चैत) सम्मको तथ्यांकअनुसार १४ वटा जीवन बीमा कम्पनीहरूले कुल १ खर्ब ७ अर्ब ८८ लाख रुपैयाँ बीमालेख धितो कर्जा प्रवाह गरेका छन्। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो कर्जा ९७ अर्ब ७८ करोड ९० लाख रुपैयाँ रहेको थियो। यस आधारमा बीमालेख धितो कर्जा प्रवाह २.३४ प्रतिशतले वृद्धि भएको देखिएको छ।

बीमकहरूको व्यवस्था अनुसार बीमा प्रारम्भ भएको मितिबाट कम्तीमा ३ वर्ष पूरा भई सो अवधिको बीमाशुल्क भुक्तानी भएपछि मात्रै बीमितले बीमालेख धितो राखेर कर्जा सुविधा लिन पाउँछन्। एकल बीमाशुल्कमा खरिद गरिएका बीमालेखमा पनि ३ वर्षपछि मात्रै यस्तो सुविधा उपलब्ध हुन्छ।

समीक्षा अवधिमा १० वटा जीवन बीमा कम्पनीको बीमालेख धितो कर्जा वृद्धि भएको छ भने ४ वटा कम्पनीको कर्जा घटेको देखिएको छ।

सबैभन्दा धेरै कर्जा प्रवाह गर्ने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ। कम्पनीले चालु आर्थिक वर्षको चैतसम्म ३६ अर्ब ८६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३६ अर्ब २२ करोड २० लाख रुपैयाँ कर्जा दिएको थियो। यद्यपि, कर्जा प्रवाहमा ०.५९ प्रतिशतले गिरावट आएको छ।

दोस्रो स्थानमा  लाइफ इन्स्योरेन्स कर्पोरेसेन (एलआईसी नेपाल) रहेको छ। कम्पनीले समीक्षा अवधिसम्म २० अर्ब ४२ करोड २५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष यही अवधिमा २१ अर्ब ८१ करोड ७३ लाख रुपैयाँ कर्जा दिएको थियो। यस अवधिमा कम्पनीको कर्जा ०.३९ प्रतिशतले घटेको छ।

त्यस्तै, नेसनल लाइफ  तेस्रो स्थानमा रहेको छ। कम्पनीले चालु वर्षको चैतसम्म २० अर्ब ४२ करोड २५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले १२ अर्ब १७ करोड ४२ लाख रुपैयाँ कर्जा दिएको थियो। यस आधारमा कम्पनीको कर्जा प्रवाह ८.९० प्रतिशतले बढेको छ।

सबैभन्दा कम कर्जा प्रवाह गर्ने कम्पनीमा  रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ। कम्पनीले समीक्षा अवधिसम्म ६३ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

कर्जा वृद्धिदरका हिसाबले भने आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ। कम्पनीले चैतसम्म १ अर्ब ७८ करोड १८ लाख रुपैयाँ कर्जा प्रवाह गर्दै ३५.५१ प्रतिशत वृद्धिदर हासिल गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij