काठमाडौं । सर्वोच्च अदालत ले नेपाल इन्भेष्टमेण्ट मेगा बैंक का सीईओ ज्योतिप्रकाश पाण्डे लाई पक्राउ गर्नुको कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ।
न्यायाधीश अब्दुल अजिज मुसलमान को इजलासले पाण्डेको पक्राउविरुद्ध दायर गरिएको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको हो।
पाण्डेका तर्फबाट उनकी श्रीमती निरु दाहाल ले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन्।
अदालतले सरकारसँग पक्राउको आधार र कानुनी कारण स्पष्ट पार्न निर्देशन दिएको जनाएको छ।