२०८३ असोज २ शुक्रबार

नेपाल लघुवित्त बैङ्कर्स संघको अध्यक्षमा रामबहादुर यादव निर्विरोध चयन

ई आर्थिक    बुधबार, बैशाख ३० २०८३
2.7K
Shares
नेपाल लघुवित्त बैङ्कर्स संघको अध्यक्षमा रामबहादुर यादव निर्विरोध चयन

काठमाडौं । नेपाल लघुवित्त बैङ्कर्स संघको १९औँ वार्षिक साधारण सभाले रामबहादुर यादवलाई अध्यक्षमा निर्विरोध चयन गरेको छ।

काठमाडौंस्थित होटल एभरेष्टमा सोमबार सम्पन्न सभाबाट नेशनल माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) यादव संघको पुनः अध्यक्ष बनेका हुन्।

संघको उपाध्यक्षमा छिमेक लघुवित्तका दिपक निधि तिवारी, महासचिवमा जीवन विकास लघुवित्त वित्तीय संस्थाका संजय कुमार मण्डल तथा कोषाध्यक्षमा हिमालयन लघुवित्त वित्तीय संस्थाका विनोद आचार्य निर्विरोध चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा आरम्भ चौतारी लघुवित्तका शिवप्रसाद ज्ञवाली, आशा लघुवित्त वित्तीय संस्थाका बद्रीप्रसाद दुलाल, आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाका सौगात वीर चौधरी, उपकार लघुवित्त वित्तीय संस्थाका शारदा खत्री, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका हरिकृष्ण जोशी, माहुली लघुवित्त वित्तीय संस्थाका सरोजकुमार सिंह तथा सामुदायिक लघुवित्त वित्तीय संस्थाका दिलीपकुमार पोखरेल निर्विरोध चयन भएका छन्।

सभाको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरेश शाक्यले लघुवित्त संस्थाहरूको व्यवसायिक अवस्था क्रमशः सुधारोन्मुख रहेको बताए। उनले लघुवित्त क्षेत्रका माग तथा समस्याका विषयमा संघसँग छलफल गरेर अघि बढिने उल्लेख गरे। साथै, गरिबी न्यूनीकरण, महिला सशक्तिकरण तथा ग्रामीण अर्थतन्त्रको विकासमा लघुवित्त संस्थाहरूको महत्त्वपूर्ण भूमिका रहेको उनको भनाइ थियो।

कार्यक्रममा सेन्टर फर माइक्रोफाइनान्सका अध्यक्ष डा. रेवतबहादुर कार्की, संघका पूर्वअध्यक्षहरू तथा विभिन्न वित्तीय संस्थाका प्रतिनिधिहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन तथा आगामी वर्षको कार्यक्रम र बजेटसमेत पारित गरेको छ।

नेपाल लघुवित्त बैङ्कर्स संघले २०६३ सालदेखि लघुवित्त क्षेत्रको हकहितमा काम गर्दै आएको छ। हाल संघमा ५१ मध्ये ४७ वटा लघुवित्त संस्थाहरू आबद्ध रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij