२०८३ असोज २ शुक्रबार

रसुवाको नौकुण्ड गाउँपालिकामा चारवटा पक्की पुल निर्माण, २४ करोड कुल लागत

ई आर्थिक    सोमबार, बैशाख २१ २०८३
2.7K
Shares
रसुवाको नौकुण्ड गाउँपालिकामा चारवटा पक्की पुल निर्माण, २४ करोड कुल लागत

रसुवा।  दक्षिणी रसुवाको नौकुण्ड गाउँपालिकाका विभिन्न चार स्थानमा पक्की पुल निर्माण गरिएको छ ।

गाउँपालिका अन्तर्गतको घिचेत खोला, फलाखु खोला र पङ्गु र पाहा खोलामा पक्की पुल निर्माण गरिएका हुन् । पुल निर्माणपछि गाउँपालिकाका सबै वडाका नागरिकलाई हिउँद तथा वर्षा दुवै याममा सहज यातायात सुविधा पुगेको गाउँपालिका अध्यक्ष नुर्पु साङ्बो घलेले जानकारी दिए।

चारवटा पुल निर्माणका लागि करिब २४ करोड रुपैयाँ खर्च भएको छ । साथै दनुस्वारा खोला र पुङ्खोलामा थप दुई पुल निर्माणका लागि ठेक्का प्रक्रिया अगाडि बढाइएको छ । प्राविधिक लागतअनुसार ती पुल निर्माण सम्पन्न गर्न करिब १२ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

त्यसैगरी नौकुण्ड गाउँपालिकामा सडक सञ्जालसमेत विस्तार गरिएका छन् । सडक सञ्जाल विस्तार गरेसँगै दैनिक उपभोग्य सामग्री ढुवानी, नियमित बस सेवा सञ्चालन तथा बिरामीलाई एम्बुलेन्समार्फत अस्पताल लैजाने व्यवस्था सहज बनेको स्थानीय समाजसेवी छेसाङ दावा तामाङले बताए।

गाउँपालिकाले आफ्नो इलाकाक्षेत्रको ग्रामीण बस्तीमा हालसम्म ७४ किलोमिटर ग्रामीण सडक निर्माण गरिसकेको छ ।

यसबाट खाल्चेत, चित्ती, ठुलोभोर्ले, सिस्नेरी, बेताङ, सरसिउ, दारघारी, सरमथली, दनुस्वारा, पाटीखर्क, पारच्याङ, युव्रा, गाङ्मर, यार्सा, घोर्मु, आरुखर्क, लाङ्वु, थाङ्दोर, सिङ्वन्धि र चोरेचोलगायतका गाउँमा यातायात सुविधा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij