२०८३ साउन १२ मंगलबार

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो, एलपी ग्यास र हवाइ इन्धन महँगियो

ई आर्थिक    शुक्रबार, बैशाख १८ २०८३
1.4K
Shares
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो, एलपी ग्यास र हवाइ इन्धन महँगियो

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गर्दै पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ भने हवाइ इन्धन र एलपी ग्यासको मूल्य बढाएको छ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँले मूल्य घटाइएको छ। त्यसैगरी डिजेल र मट्टितेलमा प्रतिलिटर १२ रुपैयाँले मूल्य कमी गरिएको छ।

तर हवाइ इन्धनतर्फ भने मूल्य वृद्धि गरिएको छ। आन्तरिक उडानका लागि प्रयोग हुने हवाइ इन्धनमा प्रतिलिटर ७ रुपैयाँले वृद्धि गरिएको निगमले जनाएको छ। अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर ४६ अमेरिकी डलरले मूल्य बढाइएको छ।

यसैबीच, खाना पकाउने एलपी ग्यासको मूल्य पनि बढाइएको छ। निगमले प्रति सिलिन्डर १५० रुपैयाँले ग्यासको मूल्य वृद्धि गरेको जानकारी दिएको छ।

नयाँ मूल्य सूची तत्काल लागू भएको निगमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij