काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बेलाई चयन गरेको छ।
सोमबार बसेको संसदीय दलको बैठकले लामो छलफल र रस्साकस्सीपछि आङ्देम्बेलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको हो।
आङ्देम्बे पार्टीका समानुपातिक सांसद हुन्।
त्यसैगरी बैठकले प्रमुख सचेतकमा बासना थापालाई चयन गर्ने निर्णय गरेको छ। थापा दैलेख–१ बाट निर्वाचित सांसद हुन्।
यस्तै, सचेतकमा निष्कल राईलाई चयन गरिएको स्रोतले जनाएको छ। राई इलाम–१ बाट निर्वाचित सांसद हुन्।
निर्वाचन सम्पन्न भएको झण्डै दुई महिनापछि नेपाली कांग्रेसले संसदीय दलको नेतृत्व टुंग्याएको हो।