काठमाडौं । प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा गठित ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’ ले संविधानविद् तथा कानुनविद्सँग छलफल सुरु गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो ३ बजेबाट सुरु भएको छलफलमा सहभागी विज्ञहरूले संविधान संशोधनसँग सम्बन्धित विभिन्न विषयमा आफ्ना सुझाव तथा धारणा प्रस्तुत गरिरहेका छन्।
कार्यदलले संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्ने उद्देश्यसहित सरोकारवालासँग चरणबद्ध छलफल अघि बढाएको जनाएको छ।