काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज मन्त्रिपरिषद्को बैठक सुरु भएको हो।
प्रधानमन्त्री बालेन शाहले बैठक आह्वान गरेअनुसार सिंहदरबारमा बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा समसामयिक राजनीतिक तथा प्रशासनिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ। साथै, केही महत्त्वपूर्ण निर्णयहरू हुने सम्भावना रहेको जनाइएको छ।
त्यसैगरी, सरकारबाट केही नयाँ अध्यादेश ल्याउने विषयमा समेत छलफल हुनसक्ने स्रोतले जनाएको छ।
