२०८३ भाद्र २८ आइतबार

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु, ‘जरा अभियान’ एक महिना सञ्चालन हुने

ई आर्थिक    मंगलबार, बैशाख १ २०८३
3.2K
Shares
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु, ‘जरा अभियान’ एक महिना सञ्चालन हुने

काठमाडौं ।  नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने अभियान सुरु गरेको छ। पार्टीका सभापति गगन कुमार थापाले मंगलबार काठमाडौं महानगरपालिका–३० मा आफ्नो सदस्यता नवीकरण गर्दै अभियानको औपचारिक सुरुवात गरेका हुन्।

पार्टीलाई पुनर्संरचना गर्दै थप सुदृढ बनाउने उद्देश्यसहित सञ्चालन गरिएको यस अभियानलाई “जरा अभियान” नाम दिइएको छ। अभियान वैशाख मसान्तसम्म चल्ने जानकारी सभापति थापाले दिएका छन्।

यस पहलअन्तर्गत देशभरका क्रियाशील सदस्यहरूलाई समयमै आफ्नो सदस्यता नवीकरण तथा अद्यावधिक गर्न आग्रह गरिएको छ। साथै, सदस्यता अद्यावधिक गर्न सम्बन्धित सदस्यहरू आफैं आफ्नो वडामा उपस्थित हुनुपर्ने व्यवस्था पनि गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij