काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदमा रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन्। उनी श्रम संस्कृति पार्टीकी तर्फबाट उम्मेदवार बनेकी थिइन्।
शुक्रबार सम्पन्न निर्वाचनमा उनले सरस्वती लामालाई पराजित गर्दै उपसभामुख पद हासिल गरेको सभामुख डीपी अर्यालले सदनलाई जानकारी दिएका छन्।
ठाकुरलाई उनको आफ्नै दलसँगै सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी नेपाली कांग्रेस तथा नेपाल कम्युनिष्ट पार्टीको समर्थन प्राप्त थियो।
उता राप्रपा भने एकल रूपमा प्रतिस्पर्धा गरेको थियो भने नेकपा एमालेले निर्वाचनमा सहभागिता जनाएन।
निर्वाचनका क्रममा प्रतिनिधिसभामा २५६ सांसद उपस्थित थिए। तीमध्ये २२९ सांसदले ठाकुरको पक्षमा मतदान गरे। उनको विपक्षमा ५ मत परेको थियो भने २२ सांसद तटस्थ बसेका थिए।
प्रतिस्पर्धी उम्मेदवार सरस्वती लामाले भने ५ मत मात्र प्राप्त गरिन्। साथै ३७ सांसदले कुनै पनि उम्मेदवारलाई मतदान नगरी तटस्थता जनाएका थिए।