२०८३ साउन ९ शनिबार

उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षमा राउत पुनः निर्वाचित, मतभारका आधारमा प्रतिस्पर्धी रिजाल भन्दा राउत निक्कै ‘बलिया उम्मेद्वार’ सावित

ई आर्थिक    सोमबार, चैत्र २३ २०८२
5.8K
Shares
उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षमा राउत पुनः निर्वाचित, मतभारका आधारमा प्रतिस्पर्धी रिजाल भन्दा राउत निक्कै ‘बलिया उम्मेद्वार’ सावित

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत पुनः अध्यक्षमा निर्वाचित भएका छन् । प्रतिस्पर्धी नविन रिजालालाई भारी मतान्तरसहित उनी विजयी भएका हुन् ।

महासंघको कोशी प्रदेशमा उनी दोस्रो पटक निर्वाचित भएका हुन ।

उनले ६७.३७ मतभार प्राप्त गर्दा रिजालले ३२.६३ प्रतिशत मात्र मतभार प्राप्त गरेका छन् । कुल ५० प्रतिशत मतभार भएको जिल्ला नगर उद्योग बाणिज्य संघमा राउतले २४ र रिजालले १३ मत प्राप्त गरे । १ मत भने बदर भएको थियो ।

त्यसैगरी ३० प्रतिशत मतभार भएको एसोसिएट्स तर्फ राउतले १०७ मत प्राप्त गर्दा रिजालले ३९ मत मात्र प्राप्त गरेका थिए ।

त्यस्तै २० प्रतिशत मतभार भएको बस्तुगत ११ मत प्राप्त गर्दा रिजालले ६ मत मात्रै प्राप्त गरेका छन् । बस्तुगतका २ मत बदर भएका थिए ।

त्यसै पनि उद्योग वाणिज्य क्षेत्रका सिद्धहस्ती चर्चित र प्रतिष्ठित राउतको तुलनामा रिजाल नामै मात्रका प्रतिस्पर्धी देखिएका छन् । रिजालको तुलनामा राउतले प्राप्त गरेको मतभारले पनि उक्त कुराको पुष्टि गरिदिएको छ । मतभार तुलनामा रिजालको तुलनामा राउत निक्कै बलिया उम्मेद्वार मानिएका छन् ।

महासंघ कोशी प्रदेश समितिको नयाँ कार्यसमितिका लागि अध्यक्षबाहेक ४ जना पदाधिकारी निर्विरोध निर्वाचित भएका थिए ।

जिल्ला–नगरतर्फको उपाध्यक्षमा ऋषिराज तिम्सिना, वस्तुगततर्फको उपाध्यक्षमा राजन श्रेष्ठ, एसोसिएट्स उपाध्यक्षमा रविनकुमार दाहाल र कोषाध्यक्षमा श्रवणकुमार अग्रवाल निर्विरोध निर्वाचित भए । निर्विरोध भएका सबै पदाधिकारी राउत प्यानलका हुन् ।

एसोसिएट्स सदस्यमा दुई जना देवकीनन्दन अग्रवाल र भविशकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका थिए ।

जिल्ला–नगरबाट सदस्यमा कृष्णप्रसाद रिजाल, राजु ढुंगाना राजीव, जयप्रकाश शर्मा, हर्कबहादुर श्रेष्ठ र नवीनकुमार चौधरी निर्वाचित भएका छन् । वस्तुगततर्फबाट सुवास आचार्य र दीपक पाण्डे विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij