२०८३ साउन १२ मंगलबार

नागरिक एपमार्फत क्यूआर कोडबाट सिंहदरबार प्रवेश पास पाइने, डिजिटल प्रविधिसँगै प्रवेश झनै सहज

ई आर्थिक    मंगलबार, चैत्र १७ २०८२
2.2K
Shares
नागरिक एपमार्फत क्यूआर कोडबाट सिंहदरबार प्रवेश पास पाइने, डिजिटल प्रविधिसँगै प्रवेश झनै सहज

काठमाडौं । सिंहदरबार प्रवेश अब झनै सहज भएको छ। अब नागरिकहरूले ‘नागरिक एप’ मार्फत उपलब्ध क्यूआर कोड स्क्यान सुविधा प्रयोग गरी सजिलै गेट पास सेवा लिन सक्ने भएका छन्।

यस नयाँ व्यवस्थासँगै सेवाग्राहीहरूले लाइन बस्नुपर्ने झन्झटबाट छुटकारा पाउने अपेक्षा गरिएको छ। डिजिटल प्रविधिको प्रयोगमार्फत प्रवेश प्रक्रियालाई छिटो, सुरक्षित र प्रभावकारी बनाउने उद्देश्य राखिएको छ।

कसरी प्रयोग गर्ने?
नागरिक एपमार्फत गेट पास सेवा लिनका लागि निम्न प्रक्रिया अपनाउनुपर्नेछः
• नागरिक एप खोल्नुहोस्
• क्यूआर कोड स्क्यान गर्नुहोस्
• गेट पास प्रमाणित गरी प्रवेश गर्नुहोस्

यस प्रणालीले सरकारी कार्यालय प्रवेशलाई थप व्यवस्थित र पारदर्शी बनाउने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij