काठमाडौं । नेपाल राष्ट्र बैंक ले सार्वजनिक गरेको आजको विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य सामान्य रूपमा बढेको छ भने युरो, युके पाउण्ड, स्वीस फ्रयांक र अष्ट्रेलियन डलरको मूल्य घटेको छ।
आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०४ पैसा कायम गरिएको छ। हिजोको तुलनामा डलरको मूल्यमा सामान्य वृद्धि भएको हो।
यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ४ पैसा र बिक्रीदर १७४ रुपैयाँ ७३ पैसा तोकिएको छ, जुन अघिल्लो दिनको तुलनामा घटेको हो।
युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०० रुपैयाँ ५२ पैसा र बिक्रीदर २०१ रुपैयाँ ३२ पैसा कायम भएको छ। यसमा पनि अघिल्लो दिनको तुलनामा गिरावट आएको छ।
स्वीस फ्रयांक एकको खरिददर १८९ रुपैयाँ ४८ पैसा र बिक्रीदर १९० रुपैयाँ २३ पैसा तोकिएको छ, जुन हिजोभन्दा केही कम हो।
अष्ट्रेलियन डलरको मूल्य पनि आज घटेको छ। यसको खरिददर १०३ रुपैयाँ ८७ पैसा र बिक्रीदर १०४ रुपैयाँ २८ पैसा कायम गरिएको छ।
त्यस्तै, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।
राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। साथै वाणिज्य बैंकहरूले निर्धारण गर्ने दर फरक हुन सक्ने र अद्यावधिक विवरण केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने उल्लेख गरिएको छ।