२०८३ असोज २ शुक्रबार

भक्तपुरको पलाँसे-तारकेश्वर सडकखण्डको स्तरोन्नति हुँदै, ३० करोड रुपैयाँ बजेट विनियोजित

ई आर्थिक    सोमबार, चैत्र २ २०८२
2.1K
Shares
भक्तपुरको पलाँसे-तारकेश्वर सडकखण्डको स्तरोन्नति हुँदै, ३० करोड रुपैयाँ बजेट विनियोजित

भक्तपुर । भक्तपुरको पलाँसे-तारकेश्वर सडकखण्डको स्तरोन्नति हुने भएको छ।

प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयबाट सडक निर्माण एवं स्तरोन्नतीका लागि ३० करोड रुपैयाँ बजेट विनियोजित गरिएको छ। सूर्यविनायक नगरपालिका वडा नं ८ र ९ हुँदै सूर्यविनायक चक्रपथलाई सहज रूपमा यस सडकले जोड्ने छ।

पलाँसेबाट दुर्गम मानिएको काँक्राबारी, आशापुरी, नैचाल, पर्यटकीयस्थल रानीकोट, घ्याम्पेडाँडा हुँदै तारेक्वर सडक खण्डको कालोपत्रसमेत गर्नेगरी बजेट व्यवस्थापन गरेर निर्माण सुरु भएको हो।

यो सडकको निर्माणसँगै सूर्यविनायक नगरपालिकाभित्र रहेका शिव मन्दिरहरू जोड्ने शिव सर्किटमा जानआउन सहज हुने विश्वास गरिएृको छ।

सडक निर्माण भएसँगै यहाँका ग्रामीण क्षेत्रका उत्पादनलाई सहज रूपमा बजारीकरण गर्न, यस क्षेत्रमा फस्टाउँदै गएको पयर्यटन व्यवसायलाई अझै विस्तार एवं विकसित गर्न सहयोग पुग्नेछ। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij