२०८३ साउन ११ सोमबार

धनुषा ३ निर्वाचन क्षेत्रबाट रास्वपाका प्रवक्ता मनिष झा विजयी

ई आर्थिक    शनिबार, फाल्गुन २३ २०८२
2.1K
Shares
धनुषा ३ निर्वाचन क्षेत्रबाट रास्वपाका प्रवक्ता मनिष झा विजयी

जनकपुरधाम ।  मधेश प्रदेशको धनुषा निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झा विजयी भएका छन्। उनले ४३,९८८ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

निर्वाचन परिणामअनुसार नेपाली कांग्रेसका विमलेन्द्र निधिले १६,६५२ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहे। त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी)की जुली कुमारी महतो (महासेठ)ले ९,७८६ मत प्राप्त गरिन्।

यसैगरी नेपाल कम्युनिष्ट पार्टीका रामललित मंडलले ७०९ मत प्राप्त गरेका छन्। अर्का उम्मेदवार परमेश्वर साह सुडीले पनि प्रतिस्पर्धामा भाग लिएका थिए।

रास्वपाका प्रवक्ता समेत रहेका झाको जितलाई मधेश प्रदेशमा नयाँ राजनीतिक सन्देशका रूपमा हेरिएको छ। उनले अन्य प्रतिस्पर्धी उम्मेदवारहरूलाई उल्लेखनीय मतान्तरले पछि पार्दै विजय हासिल गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij