२०८३ भाद्र ३० मंगलबार

इलाम–२ मा एमालेका सुहाङ नेम्वाङको अग्रता कायम, श्रम संस्कृति पार्टीका सुदीप राई पछ्याउँदै

ई आर्थिक    शनिबार, फाल्गुन २३ २०८२
3.1K
Shares
इलाम–२ मा एमालेका सुहाङ नेम्वाङको अग्रता कायम, श्रम संस्कृति पार्टीका सुदीप राई पछ्याउँदै

इलाम : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत इलाम क्षेत्र नं. २ मा जारी मतगणनामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङ ले अग्रता कायमै राखेका छन्।

हालसम्म चुलाचुली गाउँपालिका, माई नगरपालिका र फाकफोकथुम गाउँपालिकाको गरी २४ हजार ७०४ मतगणना सकिँदा नेम्वाङले ८ हजार २८० मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टी का सुदीप राई ले ६ हजार ४४४ मत प्राप्त गर्दै पछ्याइरहेका छन्। दुवै उम्मेदवारबीच १ हजार ८३६ मतान्तर रहेको मुख्य निर्वाचन अधिकृत रोशन गजुरेल ले जानकारी दिए।

यसैगरी नेपाली कांग्रेस का उम्मेदवार भेषराज आचार्य ले ४ हजार ३४६ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन्। राष्ट्रिय स्वतन्त्र पार्टी का गोकुलबहादुर राई २ हजार २२४ मतसहित चौथो स्थानमा रहेका छन्।

हाल माङसेबुङ गाउँपालिकाको मतगणना सुरु गरिएको छ। त्यसपछि देउमाई नगरपालिका र इलाम नगरपालिका को मतगणना गरिने मुख्य निर्वाचन अधिकृत गजुरेलले बताएका छन्। इलाम नगरपालिका–७ स्थित गौतमबुद्ध सभागृह मा मतगणना भइरहेको छ।

यस निर्वाचन क्षेत्रमा कुल १ लाख १९ हजार ४८९ मतदाता रहेका छन्। तीमध्ये ६६ हजार ९३४ अर्थात् करिब ५६ प्रतिशत मत खसेको थियो। उक्त क्षेत्रमा विभिन्न १३ राजनीतिक दल र एक स्वतन्त्र उम्मेदवारसहित कुल १४ जना प्रतिस्पर्धामा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij