२०८३ साउन १० आइतबार

काठमाडौं–२ मा सुनिल केसीको फराकिलो अग्रता

ई आर्थिक    शुक्रबार, फाल्गुन २२ २०८२
2.2K
Shares
काठमाडौं–२ मा सुनिल केसीको फराकिलो अग्रता

काठमाडौं ।  प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुनिल केसीले फराकिलो अग्रता कायम राखेका छन्।

दिउँसो ३:२० बजेसम्म शंखरापुर नगरपालिका वडा नं १, २, ३, ४, ५, ६, ७, ८ र ९ का साथै कागेश्वरी मनोहरा नगरपालिका वडा नं ४ र ५ को मतगणना सम्पन्न भएको छ।

हालसम्मको मतपरिणाम अनुसार केसी (घण्टी) ले १० हजार ४७४ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी कबिर शर्मा (रुख) ले ३ हजार २७९ मत प्राप्त गरेका छन्।

त्यसैगरी अन्य उम्मेदवारहरूले  कुन्ती पोखरेल (हलो) २ हजार १४५, मणिराम फुयाल (सूर्य) १ हजार ७२६ र नितेश पौडेल (तारा) १ हजार १७९ मत पाएका छन् ।

मतगणना अझै जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी रहेको निर्वाचन अधिकृतहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij