२०८३ भाद्र ३० मंगलबार

कांग्रेसले खोल्यो खाता, मुस्ताङमा एमालेका विष्टलाई पराजित गर्दै कांग्रेसका थकाली विजयी

ई आर्थिक    शुक्रबार, फाल्गुन २२ २०८२
3.2K
Shares
कांग्रेसले खोल्यो खाता, मुस्ताङमा एमालेका विष्टलाई पराजित गर्दै कांग्रेसका थकाली विजयी

मुस्ताङ : प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत मुस्ताङबाट नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका छन्।

एउटामात्र निर्वाचन क्षेत्र रहेको मुस्ताङमा थकालीले ३ हजार ३०७ मत प्राप्त गर्दै जीत हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार इन्द्रधारा विष्टले १ हजार ८०६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

थकाली यसअघि २०७९ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि यही क्षेत्रबाट विजयी भएका थिए। त्यतिबेला उनले ३ हजार ९९२ मत प्राप्त गरेका थिए।

११ हजार ३२८ मतदाता रहेको मुस्ताङमा यसपटक ६ हजार ३९७ मत खसेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij