तनहुँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसाभापति तथा उम्मेदवार डा.स्वर्णिम वाग्लेले अग्रता कायम राखेका छन्।
हालसम्मको मतगणना अनुसार वाग्लेले २ हजार ९२८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले १ हजार ६५७ मत प्राप्त गरेका छन्।
यसैगरी नेकपा (एमाले) की उम्मेदवार भगवती न्यौपानेले १ हजार १०१ मत प्राप्त गरेकी छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका विद्यनाथ ढकालले ३२३ मत पाएका छन्।
हालसम्म कुल ६ हजार ६३६ मत गणना भइसकेको छ। मतगणना जारी रहेकाले परिणाममा थप परिवर्तन हुन सक्ने निर्वाचन अधिकृतहरूले बताएका छन्।