एमालेका लिलामणि गौतम दोस्रो, कांग्रेसकी कुसुमदेवी थापा तेस्रो स्थानमा
काठमाडौँ : प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुरुवाती अग्रता कायम गरेका छन्।
पछिल्लो मतगणना अनुसार प्रचण्डले १ हजार ४१५ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार लिलामणि गौतमले ४३१ मत प्राप्त गरेका छन्।
त्यसैगरी नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले ४१७ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार लखनकुमार थापाले १७६ मत प्राप्त गरेका छन्।
रुकुम पूर्वमा मतगणना जारी रहेको छ।