२०८३ भाद्र ३० मंगलबार

चितवन–३ मा रास्वपाकी सोविता गौतमको अग्रता कायम

ई आर्थिक    शुक्रबार, फाल्गुन २२ २०८२
1.7K
Shares
चितवन–३ मा रास्वपाकी सोविता गौतमको अग्रता कायम

नेकपाकी रेणु दाहाल दोस्रो, एमालेका शंकर थपलिया तेस्रो स्थानमा

ई–आर्थिक, चितवन : प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोविता गौतमले अग्रता कायम राखेकी छिन्।

रातिबाट सुरु भएको मतगणनामा सुरुवातदेखि नै अग्रता लिएकी गौतमले हालसम्म २ हजार ४८५ मत प्राप्त गरेकी छन्।

उनकी निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार रेणु दाहालले १ हजार ७८६ मत प्राप्त गरेकी छन्।

यसैगरी नेकपा एमालेका उम्मेदवार शंकर थपलिया ५३५ मतसहित तेस्रो स्थानमा रहेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार टेकप्रसाद गुरुङ २७६ मतसहित चौथो स्थानमा रहेका छन्।

चितवन–३ मा मतगणना जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij