प्रारम्भिक मतगणनामा रास्वपाका साहले बनाए फराकिलो मतान्तर
झापा : झापा क्षेत्र नम्बर–५ को प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहले अग्रता लिएका छन्।
एमालेको प्रभाव क्षेत्र मानिने झापा–५ मा साहले सुरुवाती चरणमै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पछि पार्दै अग्रता कायम गरेका हुन्।
सार्वजनिक पछिल्लो मतपरिणाम अनुसार साहले ८ सय १४ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमाले अध्यक्ष केपी शर्मा ओलीले ३ सय ८४ मत प्राप्त गरेका छन्।
हालको मतपरिणाम अनुसार शाहले ओलीभन्दा दोब्बरभन्दा बढी मतको अग्रता बनाएका छन्।
झापा–५ मा मतगणना जारी रहेको छ।