२०८३ भाद्र ३० मंगलबार

चितवन–२ मा रवि लामिछानेको अग्रता, एमालेका अस्मिन घिमिरे दोस्रो स्थानमा

ई आर्थिक    शुक्रबार, फाल्गुन २२ २०८२
1.4K
Shares
चितवन–२ मा रवि लामिछानेको अग्रता, एमालेका अस्मिन घिमिरे दोस्रो स्थानमा

सुरुवातमा पछि परेका लामिछाने पछिल्लो मतगणनामा अगाडि

चितवन : चितवन क्षेत्र नम्बर–२ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अग्रता लिएका छन्।

सुरुवाती चरणमा पछि परेका लामिछाने पछिल्लो मतपरिणाममा नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेलाई उछिन्दै पहिलो स्थानमा पुगेका हुन्।

ताजा मतपरिणाम अनुसार लामिछानेले १ हजार १ सय ५८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका घिमिरेले ९ सय ८ मत प्राप्त गरेका छन्। दुवैबीचको मतान्तर २ सय ५० पुगेको छ।

त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार प्रताप गुरुङ ७ सय ७५ मतसहित तेस्रो स्थानमा रहेका छन्। नेपाली कांग्रेसकी उम्मेदवार मिनाकुमारी खरेल ५ सय ३९ मतसहित चौथो स्थानमा रहेकी छन्।

चितवन–२ मा मतगणना जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij