२०८३ साउन ११ सोमबार

काठमाडौं क्षेत्र नम्बर–३ मा मतान्तर बढाउँदै रास्वपाका राजु पाण्डे, कुलमान दोस्रो स्थानमा

ई आर्थिक    शुक्रबार, फाल्गुन २२ २०८२
2.4K
Shares
काठमाडौं क्षेत्र नम्बर–३ मा मतान्तर बढाउँदै रास्वपाका राजु पाण्डे, कुलमान दोस्रो स्थानमा

काठमाडौं : काठमाडौं क्षेत्र नम्बर–३ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजुनाथ पाण्डेले अग्रता कायम गरेका छन्। पछिल्लो सार्वजनिक मतपरिणाम अनुसार उनले उज्यालो नेपाल पार्टीका उम्मेदवार कुलमान घिसिङलाई पछि पार्दै पहिलो स्थानमा रहेका छन्।

हालसम्मको मतगणनामा पाण्डेले २ हजार ९ सय ६० मत प्राप्त गरेका छन्। उनलाई पछ्याइरहेका घिसिङले २ हजार ७० मत प्राप्त गरेका छन्।

यस क्षेत्रमा प्रमुख दलका उम्मेदवार भने निकै पछि परेका छन्। नेपाली कांग्रेसका उम्मेदवार रमेश अर्याल ५ सय ८३ मतसहित तेस्रो स्थानमा रहेका छन्।

त्यसैगरी नेकपा एमालेका उम्मेदवार रामेश्वर फुयालले ४ सय ५६ मत प्राप्त गरेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार सुन्दर राम बोहोराले ७३ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार निरज लामाले ४९ मत प्राप्त गरेका छन्।

काठमाडौं–३ मा मतगणना जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij