२०८३ साउन ११ सोमबार

प्रधानमन्त्री सुशीला कार्कीद्वारा धापासीबाट मतदान, उत्साहपूर्वक मतदानमा सहभागी हुन आग्रह

ई आर्थिक    बिहिबार, फाल्गुन २१ २०८२
2.2K
Shares
प्रधानमन्त्री सुशीला कार्कीद्वारा धापासीबाट मतदान, उत्साहपूर्वक मतदानमा सहभागी हुन आग्रह

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ क्षेत्र नं. ५ अन्तर्गत धापासी स्थित निमावि फैमालचुली मतदान केन्द्रमा मतदान गर्नुभएको छ।

प्रधानमन्त्री कार्कीले आज बिहान मतदान केन्द्र पुगेर आफ्नो मताधिकार प्रयोग गर्नुभएको हो। मतदानपछि उहाँले लोकतन्त्रलाई सुदृढ बनाउन सबै नागरिकलाई उत्साहपूर्वक मतदानमा सहभागी हुन आग्रह गर्नुभएको छ।

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि देशभरका मतदान केन्द्रहरूमा बिहानदेखि नै मतदाताहरूको उत्साहजनक उपस्थिति देखिएको छ। काठमाडौँ क्षेत्र नं. ५ अन्तर्गतका विभिन्न मतदान केन्द्रहरूमा पनि मतदाताहरूको बाक्लो उपस्थिति रहेको छ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण बनाउन सुरक्षा व्यवस्था कडा पारिएको सम्बन्धित निकायले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij