२०८३ साउन १० आइतबार

पेट्रोलियम पदार्थको मूल्य यथावत, खरिद मूल्य बढ्दा पनि उपभोक्तालाई राहत

ई आर्थिक    आइतबार, फाल्गुन १७ २०८२
2.7K
Shares
पेट्रोलियम पदार्थको मूल्य यथावत, खरिद मूल्य बढ्दा पनि उपभोक्तालाई राहत

काठमाडौं ।  नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय खरिद मूल्य बढेर आए पनि स्वदेशी खुद्रा बिक्री मूल्य यथावत राख्ने निर्णय गरेको छ।

निगमले मिति २०८२ फागुन १६ (२८ फेब्रुअरी २०२६) मा Indian Oil Corporation बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल, डिजेल, एलपी ग्यास र हवाई इन्धनको मूल्य बढेर आएको जनाएको छ। प्राप्त विवरणअनुसार प्रति लिटर पेट्रोलमा रु. २.१०९, डिजेलमा रु. २.४७, एलपी ग्यासमा प्रति सिलिण्डर रु. १८५.८ र हवाई इन्धनमा प्रति लिटर रु. ५.९८ ले मूल्य वृद्धि भएको छ।

तर आम उपभोक्ताको हितलाई मध्यनजर गर्दै निगम सञ्चालक समितिको २०८२ फागुन १६ गतेको निर्णयअनुसार १ मार्च २०२६ (२०८२ फागुन १७) बिहान ००:०१ बजेदेखि लागू हुनेगरी साविककै खुद्रा बिक्री मूल्य कायम राखिएको निगमले प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

निगमका अनुसार डिपो तथा कार्यालयदेखि १५ किलोमिटरसम्मका लागि पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य यथावत राखिएको छ। हाल कायम मूल्यअनुसार पहिलो वर्गअन्तर्गत पेट्रोल प्रतिलिटर रु. १५४.५०, दोस्रो वर्गमा रु. १५६.०० र तेस्रो वर्गमा रु. १५७.०० कायम रहेको छ। त्यस्तै डिजेल/मट्टितेल पहिलो वर्गमा रु. १३९.५०, दोस्रो वर्गमा रु. १४१.०० र तेस्रो वर्गमा रु. १४२.०० कायम छ।

हवाई इन्धन (आन्तरिक) प्रतिलिटर रु. १२७.५० निर्धारण गरिएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौंमा प्रति किलो लिटर अमेरिकी डलर ९९६ कायम गरिएको छ। एलपी ग्यासको खुद्रा मूल्य प्रति सिलिण्डर रु. १,९१० यथावत राखिएको छ।

निगमले हवाई इन्धन अन्तर्राष्ट्रिय उडानतर्फ पोखरा र भैरहवाका लागि ‘ब्रेकइभेन पोइन्ट’मा बिक्री मूल्य कायम गरिएको जनाएको छ।

निगमका अनुसार पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पर्छन्। दोस्रो वर्गमा सुर्खेत र दाङ रहेका छन् भने तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल समावेश छन्।

निगमले ‘सहजता, शुद्धता र पारदर्शिता’लाई आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै उपभोक्तालाई सहज आपूर्ति सुनिश्चित गरिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij