ई-आर्थिक, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ। आज सुन प्रतितोला ५०० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी संघले सार्वजनिक गरेको विवरणअनुसार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १४ हजार ९०० रुपैयाँ कायम भएको छ। यसअघि बिहीबार भने यही सुन ३ लाख १५ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो।
यता चाँदीको भाउ भने उकालो लागेको छ। आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर ५ हजार ७४० रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिन चाँदी ५ हजार ७२५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारको प्रभाव तथा आन्तरिक माग–आपूर्तिको अवस्थाका आधारमा बहुमूल्य धातुको मूल्यमा दैनिक उतारचढाव देखिँदै आएको व्यवसायीहरू बताउँछन्।