२०८३ साउन १२ मंगलबार

नेपाल लाइफद्वारा अभिकर्तालाई पुनर्ताजगी तालिम प्रदान, बानेश्वरमा ८५० जनाको उपस्थिति

ई आर्थिक    बुधबार, फाल्गुन १३ २०८२
2K
Shares
नेपाल लाइफद्वारा अभिकर्तालाई पुनर्ताजगी तालिम प्रदान, बानेश्वरमा ८५० जनाको उपस्थिति

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौंमा साढे ८ सय भन्दा धेरै अभिकर्तालाई पुनर्ताजगी तालिम सम्पन्न गरेको छ।

बागमती प्रदेश ‘ए’ स्तरीय उक्त विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। बानेश्वरस्थित आनन्द इभेन्ट्समा आयोजित उक्त कार्यक्रममा करिब ८५० जनाको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रम नेपाल लाइफ बागमती प्रदेश प्रमुख कृष्ण लम्सालको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा पेशागत बीमा अभिकर्ता संघ नेपाल तथा नेपाल बीमक समितिका अध्यक्ष गणेश अधिकारीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। साथै प्रमुख प्रशिक्षकका रूपमा नेपाल लाइफका नेसनल सेल्स हेड उमापति पोखरेलले अभिकर्ताहरुलाई पुनर्ताजगी तालिम प्रदान गरेका थिए।

मंगलबार बिहान साढे ८ बजे सुरु भएको कार्यक्रम दिउँसो ३ बजेसम्म सञ्चालन भएको थियो। कार्यक्रममा सक्रिय अभिकर्ताहरुलाई थप ऊर्जा, सीप र उत्प्रेरणा प्रदान गर्ने उद्देश्यले विशेष प्रशिक्षण सत्र सञ्चालन गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले अभिकर्ता पेशा अत्यन्तै सक्रिय र प्रतिस्पर्धात्मक पेशा भएकाले समय–समयमा पुनर्ताजगी तालिम र उत्प्रेरणा आवश्यक पर्ने बताएका थिए। कम्पनीले अभिकर्ताको कार्यक्षमता अभिवृद्धि र पेशागत विकासका लागि नियमित रूपमा यस्ता कार्यक्रम आयोजना गर्दै आएको जनाएको छ।

नेपाल लाइफ नेपालकै सबैभन्दा ठूलो जीवन बीमा कम्पनीका रूपमा स्थापित छ। कम्पनीसँग हाल ६९ हजारभन्दा बढी सक्रिय अभिकर्ता रहेका छन् भने ३३ लाखभन्दा बढी सक्रिय बीमालेख (पोलिसी) कायम छन्।

देशभर फैलिएको १९५ वटा शाखा सञ्जालमार्फत जीवन बीमा सेवा प्रदान गर्दै आएको कम्पनीको लगानी कोष साढे दुई सय अर्ब रुपैयाँभन्दा माथि पुगेको छ। साथै, कम्पनीले बीमितहरुलाई नियमित रूपमा आकर्षक बोनसदरसमेत प्रदान गर्दै आइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij