२०८३ साउन ९ शनिबार

दोधारा–चाँदनीमा २० किलोको मालासहित कुलमान घिसिङको सम्मान, विकासका प्रतिबद्धता व्यक्त

ई आर्थिक    शनिबार, फाल्गुन ९ २०८२
2.4K
Shares
दोधारा–चाँदनीमा २० किलोको मालासहित कुलमान घिसिङको सम्मान, विकासका प्रतिबद्धता व्यक्त

कञ्चनपुर ।  कञ्चनपुर निर्वाचन क्षेत्र नं.–३ अन्तर्गत दोधारा–चाँदनीमा कुलमान घिसिङ लाई स्थानीय बासिन्दाले भव्य स्वागत गरेका छन्। उज्यालो नेपाल पार्टीका अध्यक्षसमेत रहेका घिसिङलाई २० किलोको विशाल फूलमालाले सम्मान गरिएको थियो।

स्थानीय जनसमुदाय, युवा तथा पार्टी कार्यकर्ताहरूको उल्लेखनीय उपस्थितिमा आयोजित स्वागत कार्यक्रममा नाराबाजी र तालीको गडगडाहटले क्षेत्र नै गुञ्जायमान बनेको थियो। कार्यक्रममा बोल्दै घिसिङले दोधारा–चाँदनीको विकास, रोजगारी सिर्जना तथा पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले जनतासँगको प्रत्यक्ष भेटघाट र संवादलाई अभियानकै रूपमा अघि बढाउने बताउँदै स्थानीय समस्याहरूको समाधानका लागि साझा सहकार्य आवश्यक रहेको धारणा राखे। कार्यक्रममा विभिन्न स्थानीय अगुवा तथा पार्टी प्रतिनिधिहरूले पनि मन्तव्य राख्दै घिसिङको नेतृत्वमा क्षेत्रको समग्र विकास हुने विश्वास व्यक्त गरेका थिए।

कार्यक्रम शान्तिपूर्ण र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij