२०८३ साउन ११ सोमबार

धनगढीमा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको स्वागत, चुनावी अभियानमा तिब्रता

ई आर्थिक    शुक्रबार, फाल्गुन ८ २०८२
2K
Shares
धनगढीमा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको स्वागत, चुनावी अभियानमा तिब्रता

धनगढी ।  उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ धनगढी आइपुग्दा स्थानीय जनसमुदाय, पार्टीका नेता तथा कार्यकर्ताहरूले उत्साहपूर्वक स्वागत गरेका छन्।

फूलमाला, खादा र नाराबाजीसहित गरिएको स्वागत कार्यक्रममा उल्लेखनीय जनसहभागिता देखिएको थियो।

अध्यक्ष घिसिङको आगमनको अवसरमा पार्टीले आयोजना गरेको भव्य बाइक र्‍यालीमा सयौं युवा, स्थानीय नेता तथा कार्यकर्ताहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रमका सहभागीहरूले र्‍यालीमार्फत पार्टीको एजेन्डा र आगामी अभियानबारे जनतासमक्ष सन्देश पुर्‍याएका थिए। कुलमान घिसिङले धनगढी र आसपासका क्षेत्रका विकास र जनकल्याणका योजना अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij