२०८३ साउन १२ मंगलबार

राप्रपाद्वारा पूर्वराजा ज्ञानेन्द्रको अभिव्यक्तिप्रति समर्थन, सर्वपक्षीय समझदारी कायम गर्नुपर्नेमा जोड

ई आर्थिक    बिहिबार, फाल्गुन ७ २०८२
1.3K
Shares
राप्रपाद्वारा पूर्वराजा ज्ञानेन्द्रको अभिव्यक्तिप्रति समर्थन, सर्वपक्षीय समझदारी कायम गर्नुपर्नेमा जोड

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको “राष्ट्रिय समस्याको समाधान गरेर मात्र आसन्न निर्वाचन प्रक्रियातर्फ जानु उचित हुने” अभिव्यक्तिप्रति समर्थन जनाएको छ। पार्टीका केन्द्रीय पदाधिकारीहरूले आज धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकमा राजाको अभिव्यक्तिलाई मुलुकको धरातलीय यथार्थको प्रतिबिम्ब भएको निष्कर्ष निकालेका छन्।

बैठक वरिष्ठ नेता एवं उपाध्यक्ष बुद्धिमान तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो। यसमा पूर्व अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, कमल थापा र काठमाडौँमा उपलब्ध अन्य केन्द्रीय पदाधिकारीहरू सहभागी थिए। बैठकले मुलुकका राष्ट्रिय समस्याहरू समाधान गरेर मात्र निर्वाचन प्रक्रियामा प्रवेश गर्नु उपयुक्त हुने र निर्वाचनपछि द्वन्द्व, अशान्ति वा खिचातानी नहोस् भन्ने कुरामा जोड दिएको छ।

राप्रपाले वर्तमान राजनीतिक अवस्था दृष्टिगत गर्दै सर्वपक्षीय समझदारी कायम गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ। यसैक्रममा पार्टीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, विभिन्न राजनीतिक दलहरूसँग विचारविमर्श गर्ने र राष्ट्रिय समस्याको समाधानका लागि पहल अघि बढाउने तयारी भइरहेको जानकारी दिइएको छ।

पार्टी प्रवक्ता मोहन कुमार श्रेष्ठले भने, “राजाको सन्देश र पार्टीको नीति अनुरूप उच्च मनोबलका साथ चुनावी अभियान सञ्चालन गर्दै नयाँ समझदारीका लागि आम जनतालाई जागरुक तुल्याउन राप्रपा आह्वान गर्दछ। मुलुकमा स्थायी शान्ति र समृद्धिको मार्ग यही हो।”

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij