२०८३ साउन १० आइतबार

भोजपुरमा प्रदेश सरकारको लगानीमा १३ वटा पक्की र १७ वटा झोलुंगे पुल निर्माण

ई आर्थिक    बुधबार, फाल्गुन ६ २०८२
1.3K
Shares
भोजपुरमा प्रदेश सरकारको लगानीमा १३ वटा पक्की र १७ वटा झोलुंगे पुल निर्माण

भोजपुर।  संघीयता कार्यान्वयनपछि जिल्लाका विभिन्न भागमा प्रदेश सरकारले १३ वटा पक्की र १७ वटा झोलुंगे पुल निर्माण गरेको छ।

पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीका अनुसार पिखुवाखोलामा ७ करोड ५० लाख रुपैयाँ, आरीखोलामा ३ करोड रुपैयाँ, वेहेरेखोलामा ३ करोड ५० लाख रुपैयाँ, खाल्डे पिखुवाखोलामा २ करोड ५० लाख रुपैयाँ, राउतेखोलामा ३ करोड ५० लाख रुपैयाँ, कावा खोलामा ७ करोड ५० लाख रुपैयाँ र श्यामखोलामा ३ करोड ४२ लाख रुपैयाँको लागतमा पक्की पुल निर्माण भएका हुन्।

 

त्यसैगरी बंखुवाखोलामा २ करोड २५ लाख रुपैयाँ, गंखुवाखोलामा ४ करोड ५० लाख रुपैयाँ, सिक्तेलखोलामा ४ करोड रुपैयाँ, एखुवाखोलामा ६ करोड ६० लाख रुपैयाँ र चिरखुवाखोलामा ५ करोड ६३ लाख रुपैयाँमा पक्की पुल निर्माण भएका हुन्। तामुटारमा ६ करोड ३५ लाख रुपैयाँमा निर्माणाधीन पुल अन्तिम चरणमा छ। रासस

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij