२०८३ साउन १० आइतबार

फास्ट ट्र्याकको प्रस्थान बिन्दु विवाद थाति राखेर वैकल्पिक योजनामा अघि बढ्न प्रधानमन्त्री कार्कीको निर्देशन

ई आर्थिक    मंगलबार, फाल्गुन ५ २०८२
1.7K
Shares
फास्ट ट्र्याकको प्रस्थान बिन्दु विवाद थाति राखेर वैकल्पिक योजनामा अघि बढ्न प्रधानमन्त्री कार्कीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)को प्रस्थान बिन्दु खोकनासम्बन्धी विवादलाई थाती राख्दै वैकल्पिक योजनामा अघि बढ्न निर्देशन दिएकी छन्।

ललितपुरको खोकनामा धार्मिक तथा सांस्कृतिक सम्पदामा असर पर्ने भन्दै स्थानीयस्तरबाट चासो व्यक्त भइरहेका बेला प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्बन्धित मन्त्री, अधिकारी र नेपाली सेनाका प्रतिनिधिसँग छलफल गर्दै उनले विवादमा अल्झिनुभन्दा विकल्प खोजेर काम अघि बढाउन आग्रह गरेकी हुन्।

प्रधानमन्त्री कार्कीले आवश्यक परे विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) संशोधन गरी प्रस्थान बिन्दु परिवर्तन गर्नुपर्ने बताइन्। निर्देशनअनुसार खोकनाभन्दा ३.३ किलोमिटर तल फर्सिडोलमा टोल प्लाजा निर्माण गर्ने गरी डीपीआर संशोधन गर्ने तयारी भएको छ।

उनले ठूलो लगानीको राष्ट्रिय गौरवको आयोजना अनावश्यक ढिलासुस्ती नगरी चाँडो सञ्चालनमा ल्याउन जोड दिएकी छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij