२०८३ भाद्र ३१ बुधबार

वाणिज्य विभागद्वारा दुई फर्मलाई जरिवाना, नौलाई सुधारको निर्देशन

ई आर्थिक    मंगलबार, फाल्गुन ५ २०८२
3.2K
Shares
वाणिज्य विभागद्वारा दुई फर्मलाई जरिवाना, नौलाई सुधारको निर्देशन

काठमाडौं ।  नियमित रूपमा बजारको अनुमगन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले २ वटा फर्मलाई नगद जरिवाना गरेको छ।

विभागले गरेको स्थलगत अनुमगनका क्रममा कैफियत भेटिएपछि ललितपुर महानगरपालिका-१५ मा रहेको घिमिरे स्टोरलाई ११ हजार रुपैयाँ जरिवाना गरिएको छ।

यस्तै भक्तपुरको सल्लाघारीस्थित न्यू म्याक्स स्टोरदाई ५ हजार रुपैयाँ जरिवाना गरिएको छ। ती फर्मलाई उपभोक्ता संरक्षण ऐन-२०७५ को दफा ३८ बमोजिमको कसुरमा कारबाही गरेको हो।

हिमालयन डेरी प्रोडक्सन र युसा डेरीलाई भने व्यवसायसँग सम्बन्धित कागजात लिई विभागमा उपस्थित हुन निर्देशन दिएको छ। विभागले अन्य ९ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ।

स्थानीय प्रशासन, उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाहरुको उपस्थितिमा विभागले नियमित रूपमा बजार अनुमगन गर्दै आएको छ। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij